काठमाडौं । अब सातै प्रदेशमा कोरोना परिक्षण हुने भएको छ । त्यसको लागि सरकारले अस्पताल तथा स्वास्थ्यकर्मी समेत तोकेको छ ।
जस अनुसार प्रदेश १ मा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना परिक्षणको लागि तोकिएको छ ।
प्रदेश २ को जनकपुर, प्रदेश ३ को लागि हेटौँडा लगायत सबै प्रदेशमा कोरोना परिक्षण गरिने व्यवस्था सरकारले गरेको छ ।
त्यस्तै अहिलेसम्म सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परिक्षण तथा उपचार हुँदै आइरहेको छ ।
हालसम्म नेपालमा ५ जना कोरोना संक्रमित विरामी देखिएका छन् । उनीहरुको उपचार समेत टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा भैरहेको छ । सबै प्रदेशमा कोरोनाको परिक्षण गरिने सरकारको निर्णयसँगै थप सहज हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया