काठमाडौं । सुनको आयात अब दैनिक १० किलो मात्र गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
यस्तै सरकारले ६० लाखभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयातमा पनि रोक लगाउने निर्णय गरेको छ ।
५० हजार डलर ९हालको विनिमय दर अनुसार ६० लाख रुपैयाँ० भन्दा माथिका सवारीसाधन आयात गर्न नपाइने निर्णय गरिएको खतिवडाले बताए ।
यस्तै मरिच, सुपारी, केराउजस्ता वस्तुहरू आयात गर्न नपाइने पनि सरकारले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया