काठमाडौं । चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
सोमबार बिहान ९ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो विमानभित्र खुर्सानीको जस्तो अनौठो गन्ध आएपछि १० मिनेटमै फर्किएर १० बजे त्रिभुवन विमानस्थल अवतरण भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका एसपी दानबहादुर मल्लले विमान अवतरण भएको भएपनि थप जानकारी नभएको बताए ।
चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई आइतबार नै हस्तान्तरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया