काठमाडौं । कोरोना भाइरस संक्रमणसँगै पुनः एकपटक नेपालमा डिजिटल बैंकिङ्ग र मोवाइल वालेट एक पटक फेरी चर्चामा आयो ।
कोरोना भाइरसको संक्रमण नोट बाट समेत सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै केन्द्रिय बैंकले समेत डिजिटल बैंकिङ्गको प्रयोगको सल्लाह सर्व साधारणहरुलाई दियो । नेपालमा हाल बैंकहरुले सञ्चालन गरेका इन्टरनेट, मोबाइल र कार्ड का डिजिटल बैंकिङ्ग अप्सनहरु छन् भने अर्को तर्फ निजि सेवा प्रदायकहरुले संचालनमा ल्याएको मोवाईल वालेट संचालनमा छन् ।
देशभित्र हाल ९ वटा भुक्तानी सेवा संचालक र १३ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् ।
नेपालको वालेट संचालकहरुको मुख्य चुनौती भनेको यसमा अझैँसम्म पनि कस्टमरको कन्फिडेनस र युजर ह्याबिटमा बिधि गर्न नसक्नु रहदै आएको थियो तर आचानक आएको कोरोना त्राश ले नेपाली कस्टमरला एक पटक मोबइल वालेट को अप्सनतर्फ फेरी सचेत भने गराउन सफल भएको छ ।
बजारमा करिब पाँच खर्ब रुपैयाँ भन्दा बढी कागजी नोट प्रचलनमा रहेको राष्ट्र बैंकले जनाएको छ अझै ४० % जनता बैंकिङ्ग सेवाबाट पर्छन् । यस्तो अवस्थामा मोवाईल वालेटको भबिस्य चाही राम्रो देखिन्छ तर आज को यथार्थ भने अलि फरक छ। मोबइल वालेट उधोग नेपालमा अझै आफ्नो पहिचानकै लडाई लड्दैछ ।
आइएमि पे नेपाली बजारमा रहेका मोवाइल वालेटहरु मध्ये अग्रिणी र एग्रेसिव वालेट कम्पनिको रुपमा चिनिन्छ । १० लाख भन्दा बढी एप डाउनलोड कर्ता रहेको यो कम्पनी आक्रामक बजार बिस्तारमा लागेको छ । आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोवाइल वालेटका प्रमुख कार्यकारी निर्देशक विकास नाहाटा हालको परिस्थितिलाई भारतको नोटबन्दि जस्तै मन्दछन जसरि भारतमा नोट बन्दिले पे टिम जस्ता संघर्स रत वालेट कम्पनीलाई फ्रन्ट लाइनमा ल्याइदियो, त्यस्तै स्केलमा त हैन तर अहिले को क्राइसेसले नेपाली वालेट कम्पनिहरुलाई एउटा अवसर भने अबस्य प्रदान गर्केको छ ।
आइएमी पेका प्रमुख कार्यकारी निर्देशक नाहाटा भन्छन, “नेपालमा अझै धेरै प्रयास गर्नु पर्ने छ हामी वालेट प्रोभाइडर, नियामक निकाय र अन्य सरोकार वालाहरुले हालसम्म हामी मात्र होइन बजारमा रहेका सबै खेलाडीहरु मुनाफा भन्दा पनि एक्स्पान्सन र प्रमोसन् तथा अवेरनेसको साइकलमै छाउ । यसपटकको क्राइसेसले युजरको वालेट प्रयोग गर्ने प्रवृतिमा फरक ल्याएको छ । हाल बैंक एकाउन्टबाट र आइ एम इ सेन्टरहरुबाट वालेटमा ब्यालेन्स ट्रान्सफर गर्नेको प्रतिशत ५०र५० पुगेको छ । यसलाई हामीले सफलता नै मन्नु पर्छ किनभने नेपालका सबै बैंकहरुले पनि कुनै न कुनै रुपमा मोवाइल सेवा प्रदान गर्दै आएका छन र यो निजि वालेट संचालक हरुको एउटा च्यालेन्ज नै हो ।”
यस्तो क्राइसेसको बेलामा वालेट कम्पनिहरु मुनाफा कमाउन र अन इथिकल मार्केट प्रमोसनमा पो लगेका छन् त भन्ने लोकपथको प्रश्मा नहटा भन्छन्, “आइएइ पेले आजको दिनमा आफ्नो खर्च बाट उपभोक्ताहरुलाई क्याश व्याक दिँदै आएको छ , ब्यालेनस ट्रान्सफर लगायत अपलोड र रकम झिक्ने सुबिधा हाललार्इ निशुल्क गरका छौं, हाम्रा एजेन्टहरुलाई दिने कमिसन हामीले आँफै कम्पनिबाट बेहोरिरहेका छौँ , हाम्रो लागि कस्टमर फर्स्ट हो ।”
आइएइ पेको सबल पक्ष भनेको हाम्रा विस्तारित एजेन्ट नेटवर्क हो, हामीलाई यसमा गर्व पनि छ । हामीले हरेक एजेन्टको लिमिट बढाएका छौ र फोनको आधारमा भएपनि हाम्रा एजेन्टहरुले आजको यस्तो लकडाउन को अवस्थमा समेत आफ्नो सेवा दिँदै आएका छन, आइएइ पे आफ्नो कर्पोरेट सोसियल रेस्पोसिबिलिटी प्रति उत्तरदायी रहिरहन्छ ।
आज थुप्रै वालेट कम्पनीहरु संचालनमा छन् ग्राहकले किन आइएमि पे रोज्ने त भन्ने प्रश्नमा नहाटा भन्छन्, वालेट बिजनेस इन्टेस इन्भेष्टमेन्ट र लामो ब्रेक इभन पिरियड भएको बिजनेस हो, साना तिना प्लेयरहरु यो बिजनेसमा टिक्न सक्दैन्न, ठुलो इको सिस्टम बनाउँन समय, पैसा र रिटन को यो लामो ग्यापलाई आइएमई ग्रुप जस्ता शसक्त कम्पनिहरुले सजिलै थेग्न सक्दछन् । अब चोइस कस्टमर को हो सानातिना प्लेयरमा अल्झिएर भबिस्यमा डुब्ने कि आइएमई पे जस्तो टेक्निकल्ली एडभान्स र फाइनान्सियल्ली साउन्ड कम्पनी बाट डिजिटल वालेट को सेवा निर्धक्क भएर लिने ।
१००० रुपैयाँ जम्मा गर्ने वालेटका ग्राहकहरुलाई ब्यालेन्समा ४ प्रतिशत ब्याज दिने मोवाइल वालेट हामी मात्रै हो। हाम्रो पेट्रोल डिजेल पेमेन्ट देशभरी रुचाइएको प्रोडक्ट हो । आज लकडाउनको कारण यो सेग्मेन्ट ठप्प छ तर पनि हामीलाई विश्वास छ फेरी एक पटक यो सेग्मेन्टमा हामी अब्बल साबित हुने छौ, यहाँ पनि २ रुपैयाँ क्यास व्याकको अफर हामीले हाम्रो प्रमोशन खर्चबाट आफ्ना कस्टमरलाई पास अन गरेका छौँ ।
आइएमि पेको आजको च्यालेन्ज के हो भन्ने लोकपथको प्रश्नमा नहाटा भन्छन्, “हाम्रो मात्र होइन सम्पूर्ण वालेट इन्डष्ट्रीको प्रमुख चुनौती नेशनल स्वीच र नेसनल क्यु आर कोड हो, भारतको जस्तै यो कुनै एक दुइ वालेट कम्पनीको रहर र लगानीमा तयार हुने कुरा होइन नियामक निकाय र अर्थमन्त्रालयले यसको लागि पहल गर्नु पर्छ । मर्चेंनडाइजर नेटवर्क अर्को चुनौती हो, यसमा वालेट कम्पनीबीचमै अनइथिकल प्रतिस्पर्धा छ । यसको अन्त्य हुनुपर्छ नत्र हामी कोहि पनि बाच्न सक्दैनौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया