गभर्नर सिफारिस समिति गठन

काठमाडौं । सरकरले चैत १६ गते अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेका छन् ।

समितिले तिन जना को नाम सिफारिश गर्ने छ र समितिले सिफारिस गरेको तीन जनामध्येबाट एक जनालाई मन्त्रीपरिषदले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने कानूनी व्यवस्था छ।

बजारमा महाप्रसाद अधिकारी, राजन खनाल, लालशंकर घिमिरे, डा. मीनबहादुर श्रेष्ठ,चिन्तामणि शिवाकोटी र किरणकुमार श्रेष्ठ लगायत दौडमा छन्।

गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने व्यवस्था भएता पनि सरकार एक पछि अर्को झमेलामा फस्दै गएपछि गभर्नर नियुक्तिको प्रक्रिया सेलाएको थियो ।

यो पनि

राष्ट्र बैंकको गर्भनर बन्न टिठलाग्दो दौडधुप : को बाहिरिए, को भित्रिए ?

को बन्ला राष्ट्र बैंकको १७ औं गभर्नर ? चर्चामा रहेका यी ७ नाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?