कोरोना आशंका गरिएका २ जनाको वीर अस्पतालमा मृत्यु

काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला तथा अर्का एक ५० वर्षका पुरुष रहेका छन् । मृत्यु भएका पुरुष भने भारतबाट हालै फर्किएका थिए ।

दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।

ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो । भने निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको र सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

तर दुबैजनाको रिर्पोट भने नआएको सेञ्चुरीले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?