काठमाडौं । संंसार बिभिन्न रहस्मयी कुराहरुले भरिएको छ । आज हामी त्यस्तै रहस्यमयी एक ठाउँको बारमा तपाईलाई जानकारी दिनेछौँ ।
जमिनलाई धर्तीमाता, गाईलाई लक्ष्मी माता, परेवालाई शान्ती दूत, तिहारको बेलामा काग आदि पशुपंक्षी तथा जीवहरु हामी पूज्ने गर्दछौँ । तर भारतको एउटा गाउँमा चमेरोको पनि पूजा हुन्छ ।
भारतको बिहारमा रहेको सरसई (रामपूर रत्नाकर) मा चमेरोको पनि पूजा हुन्छ । त्यहाँका मानिसहरु महामारीबाट चमेरोले बचाउने मान्यता रख्दछन् ।
त्यहाँका मानिसहरु त्यो इलाकामा चमेरो बस्ने र त्यहाँ कहिल्यै धनको कमी नहुने मान्यता अनुसार चमेरोको पूजा गर्ने गर्दछन् ।
त्यहाँका मानिसहरुका अनुसार उक्त गाउँमा राती कोहि आयो भने चमेरो ठूलो स्वरमा कराउने गरेको बताउँदछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया