विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा नगद तथा अन्य सहयोग

काठमाडौं । विभिन्न जिल्लाका चेम्बरद्धारा नगद तथा अन्य सहयोग लमही चेम्वर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चैत्र १६ गते ३ हजार मास्क वितरण गरेको छ । यसका साथै २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

त्यस्तै पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । यसका साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?