टेलिकमको ‘नमस्ते क्रेडिट सेवा’, ब्यालेन्स सकिएपनि फोन नकाटिने

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘नमस्ते क्रेडिट सेवा’ सञ्चालनमा ल्याएको छ ग्राहकले प्रिपेड कार्ड बाहेक अब फोन गर्दा गर्दै ब्यालेन्स सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छ नेपाल टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवाको सुरुवात गरेका हुन् टेलिकमको वार्षिकोत्सवको अवसरमा सुरु गरिएको यो योजनाको पूर्ण कायान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमबार संस्थाले यसको सफ्ट लन्ज गरेको हो । यो योजना कति सरकको सीमा राखिने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ अर्थात् ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने सञ्चारमन्त्री बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?