काठमाडौं । लकडाउनको अवस्था भएपनि महालेखा नियन्त्रकको कार्यालयले अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न निर्देशन दिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको छ ।
उपमहालेखा नियन्त्रक निरज केसीद्धारा जारी सुचनामा लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्ने गरी व्यवस्थापन मिलाउन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया