प्रदेश ४को सभामुख चयनका लागि फागुन ३ मा चुनाव

पोखरा, २२ माघ । ४ नं. प्रदेशको प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो प्रदेशसभामा वाम गठबन्धनको तर्फ बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डाका अनुसार मुख्यमन्त्रीमा एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति बनाएको छ पहिलो बैठकमा बोल्ने सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने बाचा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?