काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र दराज अनलाइनबीच ग्राहकहरूलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अनलाईनमा रहेको बीग मार्ट बाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म www.daraz.com.np मा गई बिग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।
यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया