२५ करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी २५ करोड रुपैयाँको ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ राष्ट्र बैंकले फागुन ३ गतेदेखि वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुका लागि उक्त बचतपत्र निष्काशन गर्न लागेको हो वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक ६ र ६ महिनामा ब्याज भुक्तान गर्ने बताएको छ बचतपत्र खरिदका लागि फागुन ३ गतेदेखि २३ गतेसम्म आवेदन खुला गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको निष्काशन भने फागुन २८ गते हुनेछ । जसको साँवा भुक्तानी २०७९ फागुन २८ गते हुने राष्ट्र बैंकले जनाएको छ उक्त बचतपत्र खरिदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति मार्फत ब्याज भुक्तानी लिन सक्नेछन । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो ब्याज भुक्तानी लिन सकिनेछ यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?