ट्रम्पद्वारा शुन्य व्याजदरमा पूर्वाधार लक्षित २ खर्ब डलरको राहत घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पूर्वाधार विकासका लागि २ ट्रिलियन डलर अर्थात २ खर्ब डलरको आर्थिक राहतमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्रम्पले ट्विटरमा लेखका छन् कि यस्तो रकम रोजगारी र शुन्य प्रतिशत ब्याजदरमा पूर्वाधारमा उल्लेख्य लगानी गर्न उपयोग गरिने छ। यो पूर्वाधार विधेयक दशकौं लामो समय पश्चात पूर्वधारमा लगानी गर्न लागिएको र यो धेरै ठूलो र बोल्ड हुनुपर्ने उनले उल्लेख गरेका छन्।

उनले कोरोनाभाइरस प्रकोपलाई सम्बोधन गर्ने सम्भावित चौथो कानूनको सन्दर्भमा सो घोषणा गरेका हुन्।

मंगलबार पछि प्रेस ब्रीफिंगमा सोधिएको प्रश्नमा उनले भनेका छन् “हाम्रो ब्याज भुक्तानी झन्डै शून्य हुनेछ र हामी लामो अवधिमा ऋण लिन सक्छौं। मानिसहरू संयुक्त राज्य अमेरिका मा हुन चाहन्छन्। तिनीहरू संयुक्त राज्यमा लगानी गर्न चाहन्छन्। ”

कांग्रेसले यस महामारीलाई सम्बोधन गर्न तीनवटा मुख्य कानून पारित गरिसकेको छ जसमा करीब २ खर्ब डलरको खर्च गरिनेछ। विधेयक जसमा घरपरिवारलाई चेक, एयरलाइन्स र अन्य व्यथित उद्योगहरूका लागि बेलआउट, र साना व्यवसायका लागि ऋण र अनुदान, बेरोजगारीहरुका लागि लाभ र खाद्य सहयोग, स्वास्थ्य संस्थाहरु र भाइरस परीक्षणको लागि उपयोग हुनेछ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा ४ हजार ५४ जनाको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म १ लाख ८८ हजार बढी कोरोना संक्रमित फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?