काठमाडौं । बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेकी छिन् ।
चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार ४ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ भन्दा बढीमा बेचेको पाइएकाले उनलाई पक्राउ गरिएको हो ।
पोखरामा व्यवसाय गर्दै आएकी उनलाई चैत १५ गते पक्राउ गरिएको थियो । १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५० हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया