दमका रोगीले कस्ता खानेकुरा खाने

दम स्वासप्रश्वास सम्बन्धि एउटा रोग हो । यस रोग लाग्दा स्वास फेर्न गाह्रो ध्यारध्यार हुने, कफ बस्ने आदि जस्ता समस्याले सताउने गर्छन् । जाडो महिनामा दमले बढी सताउने गर्छ । दम लागेका बोरामिले खानेकुरामा बढी ध्यान दिने गर्नुपर्छ । कस्ता खानेकुराल दमरोगलाई फाइदा पुर्याउँछ र कस्ताले हामी पुर्याउँछ भन्ने कुराको जानकारी हुन जरुरी छ । खानामा ध्यान पुर्याएन भने यो रोगले झन्सताउने गर्छ । जुन खानेकुराले दम रोगीलाई आराम मिल्छ त्यस्ता खानेकुरा बढी खान जुरुरी छ दम रोगीले खानुपर्ने खानेकुराहरुः–१. ताजा फलः–ताजा फलमा एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिन प्रसस्त मात्रामा पाइन्छ । बाल्यकालमा धेरै मात्रामा फल खाएका व्यक्तिहरुलाई दल हुने सम्भावना अत्यन्त कम हुन्छ । कीवी र सुन्तला जस्ता फलमा अत्यधिक मात्रामा भिटामिन सी र इ पाइन्छ । यस प्रकारका फलले फोक्सो सुन्निने तथा पोल्ने पनि कम हुन्छ ड्राइ फुड्सः– ड्राइ फुड्समा म्याग्नेसियम र भिटामिन इ पाइन्छ । त्यसैले दमका बिरामीका लागि यो फाइदाजनक हुन्छ । म्याग्नेसियमले गर्दा दममा हुने घ्यारघ्यार हुँदैन भने भिटामिन ईले इम्युनिटीलाई बढाउँछ दालः–दालमा फ्याट र क्यालोरी कम हुने भएकाले यो दम रोगीको लागि निकै लाभदायक हुन्छ । यसमा पाइने फाइबरले शरीरको कोलेस्ट्रोललाई कम गर्छ । यसले श्वासप्रश्वास एलर्जी पैदा गर्ने बाहिरी कणहरुलाई रोक्छ । दालमा फ्याटलाई घोल्ने कण पाइन्छ जुन दमको कारण हुने रुघाका ब्याक्टेरियालाई रोक्छ जैतुनको तेलः ओमेगा ३फ्याटः– सर्दिनेस, साल्मोन र टुना जस्ता माछामा तथा विरुवाहरुमा पाइने केही पदार्थ जसतै जैतुन र आलसको बिजमा ओमेगा ३ फ्याटी एसिड रहेको हुन्छ । यसलाई आफ्नो खानामा समावेश गर्नुपर्छ ताजा र हरियो पत्तेदार तरकारीः–यसमा प्रसस्त भिटामिन र मिनेरल्स पाइने भएकोले यो दम रोगीको लागि निकै लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?