काठमाडौं, २२ माघ । दरबारमार्गस्थित होल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कारको घटनामा नेपाल प्रहरीका इन्सपेक्टर लक्ष्मण ठकुरी निलम्बन भएका छन् यस अघि छानबिनका लागि प्रहरी प्रधान कार्यायको १ नं. गणमा तानिएका ठकुरीलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए महानगरीय प्रहरी वृत्त दरबारमार्गको मुद्दा फाँटमा कार्यरत इन्सपेक्टर ठकुरीले गुपचुप रुपमा बलात्कार मुद्दा आर्थिक लेनदेनमा मिलाएको आरोप लाग्दै आएको छ सोहि प्रकरणमा प्रहरीले सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ भने वृत्तका डिएसपी तिलक भारतीलाई पनि महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया