काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना राहत कोषमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । यसैक्रममा
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने घोषणा गरेका छन् ।
भट्टराईले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता बराबरको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।
कति पैसा भुक्तानी गर्दैछन् भन्ने नखुलाइएपनि चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया