प्रदेश १ मा प्रदेशसभा बैठक

– प्रभाषचन्द्र झाविराटनगर, २२ माघ – प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र पढेर सुनाउनुभएपछि राजनीतिक दलका प्रतिनिधिहरुको बोल्ने क्रम शुरु भयो बैठकमा ६ दलका एक–एक प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभाको कार्य सञ्चालनका लागि नियमावली नबनेसम्मका लागि तयार पारिएको अन्तरिम कार्यविधि २०७४ लाई बैठकले पारित ग–यो सभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गर्न गणेश तामाङ, प्रतापप्रकाश हाङगाम, राम कुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फेलाई तोक्ने काम भयो बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २९ गते सोमबार दिनको एक बजे बस्नेछ । सोही दिन सभामुखको निर्वाचन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?