काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड ६ लाख बराबरको बराबरको रकम सहयोग गर्ने भएको छ ।
सरकारले कोरोना नियन्त्रणको लागि स्थापना गरेको कोषमा ५१ करोड उपलब्ध गराउने घोषणा गरेको छ । भने सात वटै प्रदेश सरकारलाई ५÷५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको बैंकले जनाएको छ ।
बैंकले चैत २० गते विहिबार सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५÷५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो ।
त्यतिमात्र नभएर यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो ।
साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख खर्च भएको जनाएको छ ।
बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १ करोड ६ लाख सहयोग गरेको हो ।
बैंकले कोरोनाको कारण ग्राहकरुको सेवामा असर पर्न नगर्नको लागि डिजिटल भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया