काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदछौं ।
कोरोना भाइरसको कारण अर्थतन्त्र धरासायी भएको यस अवस्थामा महासंघ मानवीय संकट आउन नदिन प्रतिवद्ध रहेको समेत जनाएको छ । महासंघका अनुसार दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको जनाएको छ ।
विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भईरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसंग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न महासंघ सवैसंग हार्दिक आग्रह गर्दछ । यस्तो विसम परिस्थितिमा आफ्ना जिल्ला तथा नगर सदस्यहरुलई पनि सक्दो सहयोग गर्न आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया