हेर्नुहोस् लकडाउन पछि विश्वका विभिन्न चर्चित सहरहरु

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण सडक र सार्वजनिक स्थलहरू सुनसान देखिन थालेका छन् । सधैजसो चहलपहल हुने विश्वका विभिन्न सहरहरु सुनसान भएका छन् । धेरै देशहरुले कोरोना नियन्त्रण गर्नका लागि लकडाउन गरेका छन् ।
विश्वभर यो समाचार तयार पार्दासम्म ४८ हजार ५ सय ५६जनाको मृत्यु भएको छ । ९ लाख ५४ हजार ४ सय २६ जना संक्रमित रहेका छन् ।

लकडाउन पछि विश्वका विभिन्न चर्चित सहरहरु : 

 

फ्रान्स

फ्रान्सको नीस सहरमा भूमध्यसागरतर्फ हेर्दै एक पुरुष। फ्रान्समा हिँडडुल गर्न प्रतिबन्ध लगाउँदै सरकारले मानिसहरूलाई घरमै बस्न भनेको छ ।

युएई

यूएईमा ड्रोनबाट खिचिएको यो तस्बिरमा रित्तो तटीय क्षेत्र देख्न सकिन्छ। यूएईले अधिकांश पर्यटकीय क्षेत्र बन्द गरेको छ। विदेशी पर्यटकलाई भिसा दिन पनि रोकेको छ ।

इटली

मिलानमा देखिएको एउटा खाली चोक। इटलीमा सरकारले औषधि र खाद्य सामाग्री बेच्नेबाहेक सबै पसल बन्द गर्न निर्देशन दिएको छ ।

भारत

भारतको राजधानी दिल्लीमा देखिएको सफदरजङ्ग समाधिस्थल। सरकारले त्यहाँ पनि मानिसहरूलाई भेला नहुन आदेश दिएको छ ।

भेनेजुएला

भेनेजुएलामा सुनसान सडक। त्यहाँ सर्वसाधारणहरूलाई आफ्नो घरमै बस्न आग्रह गरिएको छ ।

अमेरिका

न्यूयोर्कमा विद्यालय, रेस्टुराँ र मदिरालय पनि बन्द हुँदैछन् ।

स्पेन

स्पेनको मड्रिडनजिकै अवस्थित एउटा सहरमा गस्ती गर्दै सुरक्षाकर्मीहरू ।

अष्ट्रिया

भीएनामा रित्तो चोकमा बसिरहेका दुई सर्वसाधारण ।

लेबनन

लेबननमा आपत्कालीन अवस्थाको घोषणा गरिएपछि सडकमा सर्वसाधारणहरूको सङ्ख्या कम भएको छ ।

थाईल्यान्ड

ब्याङ्ककमा डुङ्गा विहारमा रमाउँदै एक जोडी। थाईल्यान्डका पर्यटकीय स्थलमा विदेशीहरूको स‍ङ्ख्या घटेको छ ।

ब्रिटेन

लन्डनमा व्यस्त समय भनिने बेला मिलेनीअम पुलमा हिँड्दै एक महिला। कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गर्न प्रधानमन्त्री बोरिस जोनसनले अत्यावश्यकबाहेक अन्य अवस्थामा सर्वसाधारणहरूलाई बाहिर ननिस्किन अनुरोध गरेका छन् ।

तस्वीर बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?