काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलिया जिल्लाका एक व्यक्तिले कोरोना भाइरस संक्रमणको डरले माइतबाट २ महिनापछि फर्किएकी श्रीमतीलाई घरमा बस्न दिन इन्कार गरेका छन् ।
विहारको सिवानबाट घर भएकी २८ वर्षकी बबिता देवी र बलियाका गणेश प्रसादको आजभन्दा ५ वर्ष अगाडि विवाह भएको थियो ।
बबिता दुई महिना अगाडि माइत गएकी थिइन् । बबिता देवीले भारतीय सञ्चारमाध्यमहरुसँग २ महिनाको समय पछि घर फर्किदा श्रीमानले कोरोना भाइरसको डरले घरमा बस्न नदिएको बताएकी छन् ।
त्यसपछि उनी तत्काल जिल्ला अस्पताल गइन् र अहिले पनि उनी त्यहिँ रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया