काठमाडौं । कोरोना भाइरस अहिले सारा विश्वमा नै फैलिईसकेको छ । तर यस्तो एउटा ठाउँ छ जहाँ, अहिलेसम्म कोरोनाका कोहि पनि संक्रमित पाइएको छैन ।
उत्तरी प्रशान्त क्षेत्रको पलाउ आइल्याण्डमा आजसम्म कोहि पनि कोरोना संक्रमितहरु पाईएको छैन । पलाउ आइल्याण्ड आजभन्दा लगभग ३ हजार वर्ष पहिला इन्सुलर दक्षिण पूर्व एशियाका प्रवासिहरु बसेका थिए ।
यो द्विपलाई पहिलो पटक १६औँ शताब्दीमा खोजिएको थियो । र १५७४ मा स्पेनिस ईस्ट इण्डीजमा सामेल गराइएको थियो ।
सन् १९४७ मा संयुक्त राज्य शासित ट्रस्ट टेरिटरी अफ प्यासिफिक आइल्याण्डसँग जोडिएको थियो । उक्त देश चारैतिरबाट समुन्द्रले घेरिएको छ ।
त्यसैले पनि त्यहाँ अहिलेसम्म कोरोना भाइरसका कुनै संक्रमित फेला परेका छैनन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया