ताजा हावा लिन यात्रुले विमानको इमर्जेन्सी ढोका खोलेपछि… (भिडियोसहित)

काठमाडौं । विमान भित्र उकुसमुकुस भएपछि एक जना यात्रुले चीनमा ताजा हावा खान इमर्जेन्सी ढोका खोले । तर उनी ताजा हावा पाउन खालेको कारण उनी पक्राउ परेका छन् । चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको मियानयाङ विमानस्थल ओर्लने तयारी रहेका बेला २५ बर्षका चेन नाम गरेका महिलाले यसो गरेकी थिईन् ।

विमानमा भएका बेला ताजा हावा लिन मन लागेपछि उनले अचानक इमर्जेन्सी एक्जिटको ढोकाको ह्याण्डल तानिन् । ‘एकदमै उकुसमुकुस भइरहेको थियो, विमान धेरै तातो थियो । मैले नजिकै रहेको ह्याण्डल धकेलेर झ्याल खोल्न खोजेँ, तर ढोका खुल्यो, म डराएँ ।’, उनले भनिन् ।

हैनान प्रान्तबाट आएका उनले आफूलाई इमर्जेन्सी ढोका हो भन्ने थाहा नभएको बताएका छन् । त्यस लगत्तै चालकदलले प्रहरीलाई खबर ग¥यो ।

त्यसपछि उनलाई प्रहरीले अधिकार नभएको सुविधा प्रयोग गरेको आरोपमा १५ दिनका लागि थुनामा राखेको छ । उनलाई जरिवाना स्वरुप ७० हजार युआन वा ११ हजार अमेरिकी डलर लाग्ने सम्भावना समेत रहेको समाचामा जनाईएको छ । एजेन्सी

  भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?