बड

गगन अयडीधनगढी २२ माघ – धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाको सीमा हुँदै बग्ने बडै खोलामा पक्की पुल बन्ने भएको छ । गौरीगंगा नगरपालिका – ३ भोजपुर र धनगढी उपमहानगरपालिका १६ रामपुर हुँदै बग्ने खोलामा पुल बन्न लागेको हो धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाको संयुक्त लगानीमा पुल बन्ने भएपछि पुल नहुँदा विगतदेखि नै समस्या खेपिरहेका स्थानीयवासी खुसी भएका छन् । पुल निर्माण भएमा बेहडा बाबा मन्दिरमा दर्शनार्थीहरुलाई समेत सहज हुने भएको छ धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका बीचको उत्तर रामपुर बडै खोलामा पुल निर्माण गरिने भएको हो । चालु आर्थिक वर्षमा धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाले १०/१० लाख रुपैयाँ छुट्याएका छन् । यसमा केही बजेट थप गरिने छ । अबप्राविधिक प्रक्रिया पूरा गरेर मात्रै निर्माणको कार्य थालनी गरिने धनगढी उपमहानगरपालिकाका प्रमुख निर्पबहादुर वडले बताउनुभयो स्थानीयबासीले विगतदेखि नै खोलामा पुलका लागि सम्बन्धित कार्यालयहरुमा धाइरहेका थिए । तर, स्थानीयबासले पुलको माग गर्ने अवसर यसअघि भएको स्थानीय तहको निर्वाचनका क्रममा पाए त्यसबेला स्थानीयले राखेको मागलाई पूरा गर्न अहिले जनप्रतिनिधिले पुल निर्माण गर्ने पक्रिया सुरु गर्न लागेका हुन् । अब विगतको जनताको माग पूरा गरिने गौरिगंगा नगर पालिकाका प्रमुख भिबबहादुर देउवाले बताउनुभयो खोलामा पुल नहुँदा स्थानीयबासीले बर्खामा धरै समस्या बेहोर्नुपर्छ । अब जनप्रतिनिधिहरु पुल निर्माणका लागि अग्रसर भएपछि स्थानीयबासी खुशी भएका छन् । पुल निर्माणको काम प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै अगाडि बढ्नेछ दुई स्थानीय तहले अहिले छुट्याएको बजेट अपुग हुने भएकाले त्यसमा थप गरेर बलियो संरचना बनाइने तयारी गरिएको छ । अब स्थानीयबासीको विगतदेखिको सपना पूरा गर्न धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाले पुल निर्माणको काम सुरु गर्दै समयमै सम्पन्न गरेर गाउँमै सिंहदरबार भएको महसुश गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?