काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा कोरोना नियन्त्रणको लागि सहयोग गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले विश्वव्यापी महामारीको रुपमा फैलिएको नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड सहयोग गर्ने जनाएको छ ।
नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।
यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया