राहतको विषयमा बोले गगन थापाः दिन सक्नेले दिएर मद्दत गरौँ !

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता युवा नेता गगन थापाले काठमाडौं महानगरपालिका वडा नं ३० मा राहत वितरण गरेका छन् ।

युवा नेता थापाले दुई छाक टार्न सक्नेले राहतको लागि हाल नथाप्न पनि आग्रह गरेका छन् । छाक टार्न सक्नेहरुले पनि राहत लिनाले छाकै टार्न नसक्नेहरु माथि अन्याय हुने कुरामा समेत जोड दिएका छन् ।

यतिबेला विश्व कोरोना महामारीको चपेटामा परेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि सरकारले लकडाउन गरेकाले यति बेला जनताहरुमा खाद्यन्न अभाव देखिन थालेको छ । जसको प्रत्यक्ष असर दैनिक ज्याला मजदुरी गर्नेहरुलाई परेको देखिन्छ । यहि कुरालाई मध्यनजर गर्दै नेता थापाले राहत दिन सक्नेले दिएर मदत गर्न तथा लिन नपर्नेले नलिएर मदत गर्न समेत सुझाव दिएका छन् ।

राहत वितरणको तस्वीर सामाजिक सञ्जाल फेसवुकमा राख्दै थापाले भनेका छन्, “विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ,लिन नपर्नेले नलिएर मद्दत गरौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?