कोरोनाको कारण चर्चित कलाकारको निधन

काठमाडौं – कोरोना भाइरसका कारण अहिलेसम्म विश्वले धेरैजना चिकित्सक, वैज्ञानिक, मूल्यवान् व्यक्तित्वलाई गुमाएको छ । कोरोना भाइरसले आजमात्रै पनि एक होनहार व्यक्तित्वलाई शिकार बनाएको छ । कोरोना संक्रमणका कारण ब्रिटेनका चर्चित हाँस्य कलाकार एडीलार्जको मृत्यु भएको छ । उनको ७८ वर्षको उमेरमा कोरोनाको कारण मृत्यु भएको हो । लार्जका छोया रियान म्याक्गिन्सले सामाजिक सञ्जाल फेसबुकमा पिताको मृत्यु भएकोबारे जानकारी दिँदै भने पिता यो भन्दा अगाडीपनि हृदयघात रोगबाट पिडित हुनुहुन्थ्यो । र यहि महामारीबाट उहाँलाई अस्पताल भर्ना गरेका थियौँ । उनले थपे दुखको साथ म र आमा यो खबर दिँदैछौँ कि हाम्रो पिताको आज कोरोनाको कारण निधन भएको छ ।

अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना भाइरसका कारण विश्व भयभित छ । कोरोना भाइरसका कारण सिंगो विश्व बन्धनमा बाँधिएको छ । विश्वका अधिकांश देशले आफ्नो देश र नागरिक जोगाउन हरसम्भव कोसिस गरिरहेका छन् । उनीहरुले लकडाउनको नीति अबलम्बन गर्दै नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएका छन् ।

कोरोनाको कारण यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार २३७ जनामा संक्रमण देखिएको छ भने ५६हजार ५ सय ७० जनाको मृत्यु भएको छ ।

विश्वभर फैलिएको कोभिड १९ बाट संक्रमित भएर उपचारपछि २ लाख २२ हजार २ सय ४० जना निको भएका छन् त्यस्तै विश्वभर अहिलेसम्म सक्रिय केस ७ लाख ६३ हजार २ सय एघार जना रहेको छ । त्यस्तै गम्भिर संक्रमितको संख्या ३८ हजार ४ सय १५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?