काठमाडौं । कोरोनाको आशंकामा आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको थियो । उनीहरुहरुको कोरोनो संक्रमणको आशंकामा बिहीबार स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।
उनीहरुमध्ये एकजना युवती गत चैत ८ गते र अर्का एकजना ९ गतेमात्र भारतबाट ओखलढुंगा आएको पाइएको छ । हाल अस्पतालको आईसोलेशनमा रहेका १८ र १९ बर्षिय ती दुई युवतीहरुको स्वस्थ्य अवस्था समान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया