साउदी अरबद्वारा यमनी विद्रोहीको आक्रमण विफल

रियाद, २२ माघ – साउदी अरबको हवाई प्रतिरक्षा बलले यमनी सिया हुथी विद्रोहीद्वारा साउदी भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सोमबार बीचैमा नष्ट गरिदिएको राज्यसञ्चालित संञ्चारमाध्यमले जनाएको छ यमनको हुथी विद्रोहीको पकड रहेको उत्तरी क्षेत्र सादाबाट गरिएको आक्रमणलाई स्थानीय समय अनुसार ७ बजेर २३ मिनेटको समयमा नष्ट गरिएको साउदी सेनाका कर्नेल तुर्की अल मालिकीले एसपिए न्यूज एजेन्सीलाई बताउनुभयो साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई सहयोग गर्दै आएको र इरानको सहयोगप्राप्त हुथी विद्रोहीबीच सन् २०१५ को मार्चदेखि यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म नौ हजार २०० यमनी नागरिकले ज्यान गुमाएका छन् साउदी गठबन्धनले इरानद्वारा हतियारप्राप्त विद्रोहीले पटक पटक यमन तथा साउदी अरबका शहरी इलाकालाई लक्षित गरी आक्रमण गर्दै आएको र तीनलाई बीचैमा नष्ट गरिएको बताउँदै आएको छ गत नोभेम्बरमा पनि इरानका निर्मित हतियारद्वारा विद्रोहीले पटक पटक आक्रमण गर्दा आफ्नो सुरक्षामाथि चुनौति थपिएको भन्दै यसबारे सम्बन्धित सवैलाई जानकारी गराएको छ । नोभेम्बरमा रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको इरानमा निर्मित हतियारलाई आकाशमै नष्ट गरेको रियादले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?