गजल
मौका यहि हो यस्तो बेला चाहिँ झन खानुपर्छ,
औषधी मात्र होइन कात्रोमा कमिसन खानुपर्छ
तिम्रै छोरा भतिजाको रहेछन ठुलो भुडि देशमा,
रगत चुसि जनको यीनलाई मिठोपन खानुपर्छ ।
तिम्रै छ यहाँ आज राज लुट लुट्न सक्या जति,
तिम्रै ठुलो छ आवाज हामीले वचन खानुपर्छ ।
खै कस्तो राजनीति तिम्रो बुझ्न कठिन भयो,
साच्चै नै सेवक बन्न जनताको मन खानुपर्छ ।
सधै यस्तै पारा हो भने बुझि राख अब तिमी
चोक चोकमा जनताहरुको चड्कन खानुपर्छ ।
रचनाकारः शम्भु प्रसाद पुडासैनी
बेलकोटगडि ०८, नुवाकोट
हाल काठमाडौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया