काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिनियाँ वन्यजन्तुको मासु बजारलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाउन राष्ट्रसंघसँग आह्वान गरेका छन्। चीनको वुहानमा देखिएको कोरोना भाइरसको स्रोत जंगली जनावरको मासुलाई लिइएका कारण उनको यस्तो अभिव्यक्ति बाहिरिएको हो ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरस कोभिड १९ त्यहाँका सामुन्द्रिक जीव जनावरको मासुबाटै मानिसमा सरेको आशंका गरिएको छ । यद्यपी यसको पुष्टि भएको छैन ।
जीबी रेडियोसँगको अन्तर्वार्तामा अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले चीनको मासु बजार मुख्य समस्या भएको बताउँदै विश्व स्वास्थ्य दृष्टिकोणबाट विश्व स्वास्थ्य संगठनले केही कदम चाल्नुपर्ने धारणा राखेका थिए । दुई महिनाभन्दा बढीको लकडाउनपछि वुहानमा पसल र बजारहरु फेरि खुल्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया