नेपाल प्रहरीमा ७ जना डीआईजीको दरबन्दी कटौती

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को संख्या घटाएर १९ पु¥याइने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीमा यसअघि कायम रहेको जनपद तर्फका डीआईजीको दरबन्दी २६ बाट घटाएर १९ मा सीमित पारेको हो ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरीमा हाल कायम रहेका डीआईजीको दरबन्दी घटाउने प्रस्ताव पेश भएको र त्यसै अनुसार मन्त्रालयले दरबन्दी घटाउन लागेको स्रोतले जनाएको छ ।

हाल नेपाल प्रहरीमा २६ जनपद र ८ प्राविधिक गरी ३४ डीआईजीको दरबन्दी रहेको छ। भने जनपदतर्फ १९ जनामात्रै डीआईजी रहनेछन् । हाल ४ डीआईजी कायम रहेकाले अब १५ जनाको मात्रै एसएसपीबाट डीआईजीमा बढुवा हुने भएको हो ।

अहिले विश्वराज पोखरेल, सूर्य उपाध्याय, नीरज शाही तथा प्रद्युम्न कार्की डीआईजी छन् । त्यहि कारण पनि अब १५ जनामात्रै बढुवा हुने स्रोतले जनाएको छ ।

प्रहरीमा ७ वटै प्रदेश प्रमुख डीआईजी हुन्छन् भने अन्य महत्त्वपूर्ण विभागमा समेत डीआईजीले कमान्ड गर्दै आएका छन् ।

धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले घटाउन लागेको र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै दरबन्दी घटाइन लागेको मन्त्रालयको स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालय र लोकसेवा आयोगले सहमति दिए मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि डीआईजीको दरबन्दी संख्या घटाउन र बढाउन सकिन्छ ।

त्यस्ते अब ३४ एसएसपी मध्येबाट सरकारले तोकेअनुसार डीआईजी बढुवा हुनेछन् । डीआईजी बढुवाको लाइनमा एसएसपीहरू पुरुषोत्तम कँडेल, सहकुल थापा, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, घनश्याम अर्याल, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक, प्रदीपकुमार श्रेष्ठ, अरुणकुमार बीसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, शेखर कोइराला, मोहनकुमार आचार्यलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?