काठमाडौं । जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस संक्रमणविरुद्धको खोप परीक्षण अन्तिम चरणमा पुगेका सार्वजनिक गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा सन्देश लेख्दै चीनले एक सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणविरुद्ध खोप लगाएको र त्यसको परिणाम हेरेर तुरुन्तै अर्बौंको संख्यामा खोप वितरण गर्ने अभियानको थालनी गर्ने जनाएका छन् ।
उनले चीन, अमेरिका, सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापानलगायतका देशले खोपको सफलता पाउँदै गरेको विवरण सार्वजनिक गरेका छन् ।
के लेखेका छन् जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेले आफ्नो फेसबुक पेजमा ?
– चीनले हिंजो सय जनाभन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमणविरुद्धको खोप लगाएको छ । उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ ।
– अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ ।
– सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदै छन् ।
– कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।
– यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरुले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् । यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् ।
– मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ । यी औषधिको सफलता सोचेभन्दा राम्रो आएको छ ।
– सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन् ।
– बेलायती राजकुमार चार्ल्स ७१ वर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ । यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन | साथै आयुर्वेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ ।
– बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ वर्षीय पुरुष र उनको ८८ वर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् ।
– भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर व्यापक जाँच गर्दैछ । त्यो किट सस्तो एवम् भरपर्दो मानिएको छ | यो किट पुनाको माइल्यावमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।
– नेपालमा विभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ । साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ । कारणवश रोग फैलिएमा चीन, भारत लगायतका देशहरु सहयोग गर्न तम्तयार भएका छन् ।
– कोरोना संक्रमणबाट बालबालिका तथा युवावर्ग सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरुले डर मान्नुपर्दैन ।
-हामी नेपालीले बिसिजीको खोप लगाएका छौं , समयसमयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं । तसर्थ जोखिम न्यून छ ।
– नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ । त्यो मृत्यु पनि अन्य बिभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ | स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन ।
– नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन | विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ । मृत्यु दर अत्यन्तै न्यून छ ।
– आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ ।
– इटली लगायतका देशको जुन भयावह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयावह छैन । जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो । मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ ।
– त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं । आत्तिएर निको हुने होइन । सतर्कताले रोकथाम गर्छ । तसर्थ सतर्क बनौं । अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशावादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया