राप्रपा राष्ट्रवादीको सह–प्रवक्तामा पाठक

काठमाडौं– एकीकृत राप्रपा राष्ट्रवादीले जनकराज पाठकलाई पार्टीको सह–प्रवक्ता नियुक्त गरेको छ । नुवाकोटका पाठकलाई सो पदमा नियुक्त गरिएको अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ पार्टीलाई ब्यापक र मजबुत बनाइ देश र जनताको सेवा गर्ने यो सुनौलो अवसरलाई पाठकले सदुपयोग गर्ने लोहनीले विज्ञप्तिमार्फत विश्वास लिएका छन् कमल थापा नेतृत्वको राप्रपामा लोहनीले बिद्रोह गरेसँगै पाठकले प्रचारविभाग प्रमुखको हैसियतमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?