डाक्टर बनेर कोरोनाको उपचारमा खटिँदै प्रधानमन्त्री

काठमाडौं । सारा विश्व यस समय कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । यस भाइरसका कारण यो समाचार तयार पार्दासम्म सारा विश्वमा ७० हजार ३२० जनाको ज्यान गएको छ भने १२ लाख ८४ हजार ६६५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै यो समाचार पार्दासम्म २ लाख ७१ हजार ७२१ जना उपचार पछि घर फर्किएका छन् । संक्रमित र मृतकको आँकडा तीव्र गतिमा अहिले बढी रहेको छ ।

अहिलेसम्म कोरोना भाइरसको प्रकोप विश्वका २०८ देशमा फैलिइसकेको छ । यसैबीच आयरल्याण्डमा कोरोनाको महामारी तीव्र गतिमा फैलिएको छ ।

कोरोनाको प्रकाप बढ्दै गएपछि आयरल्याण्डका प्रधानमन्त्रीले ठूलो फैसला लिएका छन् । उनले आफू डाक्टर बनेर कोरोना संक्रमितहरुको उपचार गर्ने बताएका छन् ।

सारा विश्व अहिले कोरोनाको प्रकोपबाट ग्रस्त रहेको बेला आयरल्याण्डका प्रधानमन्त्री लिओ वरडकरले गरेको यो निर्णयलाई लिएर सारा विश्वले उनको तारिफ गरिरहेको छ ।

उनले यो भन्दा अगाडि पनि डाक्टरको रुपमा काम गरिसकेका छन् । उनले राजनीतिमा आउनुभन्दा पहिला ७ वर्षसम्म जनरल प्र्याक्टिशनको रुपमा काम गरेका छन् । सन् २०१३ मा उनले मेडिकल प्रोफेसन छोडेका थिए । साथै उनी सन् २०१४ मा स्वास्थ्य मन्त्री पनि बनिसकेका थिए ।

आयरिश टाइम्सका अनुसार कोरोना भाइरसको बढ्दो यो जोखिममा वरडक।ले फेरी मेडिकल रजिस्ट्रेशन गराएका छन् । उनले आफू एक हप्तासम्म कोरोना संक्रमितहरुको उपचारमा खटिने बताएका छन् ।

आयरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको कारण १५८ जनाको मृत्यु भएको छ भने ४ हजार ९९४ जनामा भाइरसको संक्रमण देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?