यी ८ कुराको ध्यान नराखे बनिन्छ कोरोनाको शिकार !

काठमाडौं । कोरोना भाइरसले सारा विश्वमा अहिले आफ्नो प्रभाव बढाईरहेको छ ।

हेल्थ एक्सपर्टले कोरोना भाइरसविरुद्धको लडाईमा यदि यी मुख्य कुराहरुको विशेष ध्यान नराखे महामारीले जो कसैलाई पनि आफ्नो शिकार बनाउन सक्छ ।

१. हातलाई सफा राख्न्को लागि स्यानिटाइजर वा साबुनको प्रयोग गरौँ । हात थोरैमा २० सेकेण्डसम्म मिचिमिचि धुने गरौँ । कुनै पनि सामानहरु छोएपछि नियमित रुपमा साबुन पानीले हात धोऔँ ।

२. खोक्नेबेला टिस्यु पेपर मुखमा राखौँ । र फेरी त्यसलाई तत्काल नै कवर्ड डस्टविनमा फ्याकौँ । कसैले तपाइर्ए नजिकै खोक्यो वा हच्छ्युँ गरेपनि तपाईले त्यसबाट बच्नका लागि टिस्यु पेपरले आफ्नो मुख छोप्नु राम्रो हुन्छ ।

३. बारम्बार आँखा, मुख तथा अनुहारमा हात नलगाऔँ । यदि यस्तो गर्यो भने पनि तत्कालै हात तथा अनुहारलाई साबुन पानीले धोऔँ ।

४. कोहि पनि बाहिरी व्यक्तिको नजिक पनि नजाऔँ र हात पनि नमिलाऔँ । समूहमा बस्ने नगरौँ । लकडाउनको बेला घरबाट बाहिर ननिस्कौँ ।

५. यसबेला मासु वा अण्डाहरु खानु नराम्रो हुने वैज्ञानिकहरुले बताएका छन् । यदि यस्तो खानेकुराहरु खायो भने पनि राम्रोसँग धेरै समय पकाएर मात्र खाने गरौँ ।

६. फल तथा शब्जीहरु खानुभन्दा पहिला राम्रोसँग पखालौँ । बजारबाट ल्याएर तत्काल नपखाली कन खाने गल्ती नगरौँ । खाना बनाउने बेला शब्जीलाई पहिला तातो पानीमा राम्रोसँग उमालौँ । खाना बनाउँदा प्रयोग गरिने पानीलाई पनि उमालेर मात्रै प्रयोग गरौँ ।

७. अनलाइन डेलिभरि फूडको पेमेन्ट अनलाइनबाटै गरौँ । क्यास लिँदा र दिँदा भाइरस सर्ने भएकोले यस बारेमा अन्य व्यक्तिहरुलाई पनि यसबारेमा जानकारी गराऔँ ।

संक्रमित व्यक्तिको सम्पर्कमा आउनु भनेको यसबेला आफ्नो ज्यान गुमाउनु जस्तै हो । कोहिसँग भेट्नै परे १ फिटको दूरी मेन्टेन गरौँ ।

तस्वीरःगूगल

 

८. घरबाट बाहिर निस्किनु भन्दा पहिला अनुहार राम्रोसँग ढाकौँ । मुखमा मास्क लगाऔँ । मास्कमा पनि एन ९५ वा सर्जरी मास्क नै राम्रो मानिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?