काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्वमा अहिले फेस मास्कको लागि हाहाकार मच्चिएको छ ।
अहिलेसम्म ७० हजार ६८० भन्दा धेरै मानिस यस महामारीबाट मृत्यु भएको छ । साथै १२ लाख ९२ हजार ३६१ जनामा संक्रमण भएको छ ।
यसैबीच रुसकी एक इन्स्टाग्राम स्टारले मास्कलाई नै ‘बिकिनी’ बनाएकी छन् । पेशाले मोडल यूलिया योशोकोवाको यस कदम अहिले सोसल मिडियमा अत्याधिक भाइरल भईरहेको छ ।
महामारी भाइरसबाट बच्नको लागि सारा विश्वका मानिसहरु अत्याधिक संख्यामा फेस मास्कको माग गरिरहेका छन् ।
इन्स्टाग्राममा केहि अन्य मोडलहरुले पनि मास्कको ‘बिकिनी’ बनाएर फेरी आफूले लगाएको फोटो शेयर गरेका छन् । मोडल याना कोशिंकाले पनि ट्वाईलेट पेपर शरीरमा लगाएर फोटो पोस्ट गरेकी थिइन् ।
उनले फोटो पोस्ट गर्दै लेखेकी थिइन्, स्टोरमा मैले केहि ट्वाईलेट पेपरहरु पाएको थिएँ । म सेल्फ आईसोलेसनको लागि तयार छु ।
त्यति मात्रै नभएर जर्मन इन्स्टाग्राम मोडल काट्जाले पनि मास्क आफ्नो ‘बिकिनी’ बनाएर फोटो पोस्ट गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया