काठमाडौं । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी कटौती गर्ने निर्णय पारित गरेको छ ।
नेपाल प्रहरीमा १९ डीआईजीको दरबन्दी राख्ने गृहको प्रस्ताव बैठकबाट पारित भएको हो ।
यसअघि २६ जनाको दरबन्दी थियो । तर प्राविधिकतर्फको दरबन्दी भने कटौती भएको छैन । प्रहरीमा जनपदतर्फ अब १९ डीआईजी मात्रै हुनेछन् स्रोतले जनाएको छ ।
साथै यसअघि भने प्रहरीमा २६ जनपद र ८ प्राविधिक गरी ३४ डीआईजीको दरबन्दी थियो ।
हाल ४ डीआईजी कायम रहेकाले अब १५ जनाको मात्रै एसएसपीबाट डीआईजीमा बढुवा हुने भएको छ ।
अब १५ जनामात्रै बढुवा हुनेछ । हाल सूर्य उपाध्याय, नीरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल डीआईजी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया