एजेन्सी, २३ माघ । भारत छत्तीसगढको बस्तरमा माओवादी प्रभावित क्षेत्रमा पछिल्ला दिनहरूमा हिंसाका घटना बढेपछि मानिसहरूमा तनाव बढेको छ तीन दिनदेखिको हिंसाका क्रममा गाडीहरू जलाइएको, ट्रेनका मालवाहक डिब्बाहरूलाई लिकबाट झारिएको र हत्याका घटनाहरू प्रकाशमा आएका छन् । सोमवार माओवादीले दण्डकारण्यमा गरेको बन्दको प्रभाव भित्री क्षेत्रमा बढी परेको छ बस्तर, बीजापुर, सुकमा, दन्तेवाडा, नारायणपुर लगायत जिल्लाका सदरमुकामहरूमा बाहेक अन्यत्र यातायात सेवा ठप्प रह्यो । कैयौं राजमार्गमा गाडीहरू पूर्ण रूपमा बन्द रहेका थिए भने केके रेलमार्गमा रेल समेत चलेन माओवादीहरुले केही स्थानमा सडकहरू भत्काउनुका साथै केही स्थानमा सडकमा रुखहरु ढालेर सडक अवरुद्ध पारेका थिए । नारायणपुर–ओरछा मार्गमा माओवादीहरूले सडक निर्माणमा प्रयोग गरिएका केही गाडीहरू जलाइदिएका थिए अधिकारीहरू भन्छन्, ‘एकातर्फ माओवादीहरूले विकासका कुरा गर्छन् भने अर्कोतर्फ विकासका गतिविधि रोक्छन् ।’पछिल्ला दिनहरूमा भएका सबै घटनाका लागि माओवादी जिम्मेवार रहेको बताउँदै दन्तेवाडाका आइजी सुन्दरराज पीले भने, ‘थोरै सुरक्षाकर्मीहरू भएका ठाउँहरूमा माओवादीले पछिल्ला आक्रमणहरू गरेको देखिन्छ । यसले माओवादी बलियो नभइ कमजोर भएको देखाउँछ ।’बीजापुरमा सन्दिग्ध माओवादीहरूले शनिवार एक दर्जनभन्दा बढी ट्रक र ट्याक्टर लगायतका सवारीसाधनमा जलाइदिएका थिए बीजापुरकै तोयनारमा बिदा सकेर कार्यालय फर्किरहेका कर्मचारी सीताराम बाकडेको माओवादीले अपरहणपछि हत्या गरेको बताइएको छ माओवादीको एउटा ठूलो समूहले नेशनल मिनरल डेभलपमेन्ट कर्पोरेशनको एउटा खानीमा आगजनी गर्नुका साथै केही कर्मचारीलाई बन्धक बनाएका छन् । बीजापुरमा जन्तीहरू सवार एउटा बससहित तीनवटा बसमा समेत माओवादीले आगजनी गरेका छन् आइतवार साँझ सन्दिग्ध माओवादीहरूले एउटा मालवाहक ट्रेनलाई निशाना बनाए र बलेची–भांसीको बीचमा केही डिब्बालाई लिकबाट झारिदिएका थिए । राज्यका कैयौं क्षेत्रलाई माओवादीबाट मुक्त गराइसकिएको बताउने गृहमन्त्री रामसेवक पैंकराले भने यी घटनाबारे कुनै प्रतिक्रिया दिएनन् तर मुख्यमन्त्री रमन सिंहले पछिल्ला घटनाहरूबारे चिन्ता व्यक्त गर्दै माओवादीहरूले अहिले गाउँले, यात्रुबस, विद्यालय तथा हाट बजारहरूलाई निशाना बनाउन थालेको बताए । सिंहले भने, ‘उनीहरूले आफ्नो उल्टो गन्ती शुरू भएको थाहा पाइसके ।’माओवादीबारे जानकार वरिष्ठ पत्रकार रूचिर गर्ग त्यसलाई ‘गुरिला लडाइँ’ को एउटा सामान्य तरिका मान्छन् । सरकारले माओवादी प्रभावित भनिएका क्षेत्रमा सुरक्षाबलको उपस्थितिले उनीहरूमाथि दवाब बढिरहेको दावी गर्दै आएको छ रूचिर गर्ग भन्छन्, ‘केही दिनसम्म कुनै आक्रमण नहुँदैमा माओवादी कमजोर भएको र केही ठूला आक्रमण हुँदैमा माओवादी बलियो भएको भन्न मिल्दैन ।’ बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया