प्रधानमन्त्रीले भने : युद्धस्तरमा काम भएको छ धैर्य गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड १९) सँग लढ्न युद्धस्तरमा काम भइरहेको कारण कोभिड १९ सँग लड्नको लागि सरकारले अपनाएको नीति मानिदिन अनुरोध गरेका छन् ।

उनले सम्बोधनमार्फत् भने, “हामी यो माहामारीबाट बच्न तयार भएकोले सबैले यस महामारीबाट बच्न हातेहालो गरेर अघि बढ्नुपर्छ । हालसम्म औषधि र यस विरुद्धको भ्याक्सिन बनेको छैन । अब लकडाउन मान्ने र यसको जाँच गर्नेबाहेक अर्को विकल्प छैन ।”

आईसोलेसन बेड र क्वारेन्टाइन समेत बनाईएको र विदेशबाट आएकाहरुले अनिवार्य क्वारेन्टाईन बस्न अनुरोध गरे ।

“यस अवधीमा ७ वटै प्रदेशबाट पिसिआर प्रविधीबाट उपचार भइरहेको जानकारी दिँदै उनले ७ वटै प्रदेशका १० स्थानबाट द्रुत परिक्षणको विधीमार्फतको हजारौँको नमूना परिक्षणको तयारी गरिएको छ ।” उनले थपे

उनले लकडाउन अपरिहार्य कदम भएको कारण यसको पालना गर्न आम नागरिकलाई आग्रह गरेका छन् । संक्रमितको संख्या नौ जना भएतापनि उच्च जोखिममा रहेकोले बाँकी समय पनि लकडाउनको पूर्ण पालना गरी महामारीबाट एकजुट भएर लड्न उनले आग्रह गरे ।

अहोरात्र खटिने कर्मचारीप्रति सम्मान रहेको भन्दै उनले भने, “चर्को घाममा संक्रमणको जोखिम रहनसक्ने अवस्थामा पनि उहाँहरु खटिनुभएको छ ।”

निरन्तर अरु राष्टसँग समपर्क गरिराखेकोले अन्तर्राष्टिय समन्वयको खाँचो भएकोले त्यहाँको नीतिनियम पालना गर्नसमेत उनले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?