काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै आउने दुईसाता अझ चुनौतिपूर्ण रहेको बताएका छन् ।
यसैक्रममा उनले भने, स्वास्थ्यकर्मीहरुले गर्ने दोहोरो परिक्षणबाट संक्रमण भए नभएकोबोरे उचित संम्भावित जोखिम रहेको जिल्ला परिक्षण केहिदिनभित्रै हामी कोरोना भाइरसलाई सजिलै पन्छाउनेछौँ । । नयाँ टेसिङ एप पनि बनाउने
साथै महामारीको यस अवस्थामा सबैलाई राहत वितरण स्थानिय सरकारसँग समन्वय गरी भइरहेकोले कोहि भोकै बस्नु नपर्ने कुराको समेत विश्वास व्यक्त गरेका छन् ।
“संकटको बेला र संकटपछि सरकार तपाईसँगै छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिकामा मात्रै तपाईहरुको कारण लड्न सकिन्छ । तपाईको आँटको आधारमा मात्रै सरकारको कदम दृढता हुन्छ । डिउटीमा रहेका सुरक्षाकर्मी सरह समन्वय गर्ने यसअघि नै घोषणा भएको छ । तपाई सुरक्षकार्मीको लागि हामीले गर्नैपर्ने सुरक्षा र अरु व्यवस्थाको यसअघि नै घोषणा भइसकेको छ ।” उनले भने ।
साथै यस विश्व महामारीको यस घडिमा जीवनका वैयक्तिक स्वतन्त्रता भन्ने कुरामा अल्मिलिनु नहुने सुझाव समेत सम्पुर्ण देशवासीले बुझ्नुपर्नेमा जोड दिएका छन्। यो हामी सबैको साझा लडाई भएकाले समाजको हरेक सदस्य यो लडाईको सिपाई भएको कुरामा समेत सुझाएका छन् ।
“यस खाले महामारीसँग जुध्न विश्वको तयारी रहेन छ । विश्वलाई नै आच्छुआच्छु पारेको कारण नेपाल र नेपालीलाई पनि हम्मेहम्मे परेको छ । मागको तुलनामा आपूर्ति कम भएकोले स्वास्थ्य सामाग्रीमा हाहाकार भएको हो । तर हामी त्यसलाई कमि हुन नदिन लागिपरेका छौँ ।” प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया