काठमाडौं । कोरोना महामारीका कारण हालसम्म नेपालमा ९ जना संक्रमित भएको अवस्थामा यो महामारीले अउने दुईसाता अझ चुनौतिपूर्ण रहनसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी एवं संलग्नको बीमा र भत्ताको व्यवस्था गरिने घोषणा गरेका छन् ।
मंगलबार राष्ट्रको नामम सम्बोधन गर्दै उनले चिकित्सक एवं स्वास्थ्यकर्मीको २५ लाख रुपैयाँ बीमाको व्यवस्था गरिएको बताए ।
उनले भने, कोरोना भाइरसविरुद्ध पहिलो भागमा रहेर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि सत् प्रतिशत, दोस्रो घेरामा बसेर काम गर्नेहरुलाई ७५ प्रतिशत र तेस्रो घेरामा बसेर काम गर्नेलाई ५० प्रतिशत भत्ताको व्यवस्था गरिएको छ । चिकित्सक, स्वास्थ्यकर्मीसहित ड्राइभर एवं कोरोना संक्रमणका विरुद्ध रहेका व्यक्तिहरुको बीमा र भत्ताको व्यवस्थासहित सुरक्षाको व्यवस्था गरिएको छ ।
सम्बोधनमार्फत् उनले लकडाउनको विकल्प नभएको कारण भूकम्पको बेला जस्तै धैर्यता कायम गरी पूर्ण पालना गर्न अनुरोध गरेका छन् ।
साथै विदेशबाट आएकाले नहिच्किचाईकन अनिवार्य क्वारेनटाईनमा बसिदिनको लागि समेत प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा सरकार असफल भएको देखाउन विभिन्न टिकाटिप्पणी भइरहेको सन्र्दभलाई लिएर उनले भने, स्वास्थ्य सामाग्री खरिद प्रक्रिया माग र आपूर्तिको तादम्यता नमिलेका कारण केहि समस्या देखिएको हो । सरकार पूर्ण प्रतिवद्ध छ । र भ्रष्चार गर्न नदिने तथा भए निर्ममतापूर्वक प्रस्तुत हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया