लम्बियो लकडाउन : पुरानै पासले काम गर्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पास लकडाउन अवधिभर नै मान्य हुने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मंगलबार सूचना जारी गर्दै विभिन्न मितिमा कार्यालयले सात दिन मान्य हुने सवारी पास जारी गरेको भए पनि सरकारले लकडाउनको समयावधि थपेकोले लकडाउन अवधिभर पास मान्य हुने उल्लेख गरेका हुन् ।

‘पहेलो रङको पास लकडाउन अवधिभर मान्य हुने व्यहोरा जानकारी गराइन्छ,’ उनले भनेका छन् ।

सरकारले गत चैत ११ गते देखी देशमा लकडाउन गरेको थियो । त्यसको एक हप्ता (चैत १८) गते सरकारले फेरी एक हप्ता लकडाउन थपेको थियो । हिजो मात्रै बसेको मन्त्रीपरिषद्को बैठकले एक हप्ता अझै बढाउने निर्णय गरेको छ ।

यस्तो छ सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?