कोरोना प्रभाव : कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । भयावहको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डकाले जनाएको छ ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गते तथा कक्षा ११ को २१ देखि गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको र लकडाउन लम्बिरहेकाले अनिश्चत कालका लागिर परीक्षा स्थगित गरिएको बोर्डकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?