कुटनीतिक गाडीको दुरुपयोग गरि कालोबजारी गर्ने काउन्सुलर सुलभ अग्रवाल पक्राउ

काठमाडौं । कुटनीतिक गाडीमा ६७ थान थर्मो गन प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न लागेका किर्गिस्तानका लागि नेपालका अनरेवल काउन्सुलर सुलभ अग्रवाललाइ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।

अग्रवालले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । साथै उनका साथबाट ६७ थान थर्मो गनसहित उनले चढ्ने कुटनीतिक नम्बर प्लेटको गाडी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनले कोभिड-१९ को प्रभाव सुरू भएपछि २० हजार थान थर्मो गन मगाएर लुकाएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अग्रवाललाई पक्राउ गरेर महाशाखाले कार्यालयमा ल्याएर सोधपुछ भइरहेको छ ।

अग्रवाल जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?