लकडाउनको बेला भित्रियो २५ हजार टन भन्दा बढी खाद्यन्न

काठमाडौं । लकडाउनको १३ दिनको अवधिमा मुलुकमा २५ हजार ७७० टन खाद्यन्न आयात भित्रिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

लकडाउनको अवधीमा ११ हजार ९३ मेट्रिक टन दलहन, १६ हजार ४१ टन तरकारी, ३ हजार ५०५ मेट्रिक टन मेट्रिक टन फलफूल र ३० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

मुख्य भन्सार नाकाहरू वीरगन्ज, भैरहवा र काँकडभिट्टाबाट खाद्यन्न आयात भइ रहेको मन्त्रालयले जनाएको छ ।

साथै ६ करोड ७८ लाख २१ हजार रुपैयाँ मूल्यबराबरको औषधिको कच्चा पदार्थ र ६२ हजार रुपैयाँ मूल्यबराबरको तयारी औषधि पनि आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?