काठमाडौं । कोरोनाको कारण विश्वका विभिन्न देशमा समस्या झेलिरहेका नेपालीहरुलाई स्वदेश फर्काउन व्यवस्था मिलाउनको लागि सर्वाेच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ।
मंगलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले विदेशमा आपतमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको हो ।
साथै अदालतले स्वदेश फर्कनेहरूको अद्यावधिक लगत राखी उनीहरुलाई क्वारेन्टाइनमा राख्न समेत आदेश दिएको छ ।
साथै उनीहरुलाई तत्काल ल्याउन सम्भव नभए सम्बन्धित देशमै खाना, बस्न र उपचारको व्यवस्था गर्न अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठ लगायतको रिटमाथि अन्तरिम आदेश जारी गरेको हो ।
सिमानामा अलपत्र परेका नेपालीहरूलाई तत्काल नेपाल फर्काउन सम्भव नभए लकडाउन अवधिसम्मका लागि खाने बस्ने र उपचारको यथोचित व्यवस्था गर्नुपर्ने अदालतको आदेश रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया