काठमाडौं । कोरोना भाइरसबाट विश्वभर १४ लाख बढी संक्रमित भएका छन् भने मृतकको संख्या ८० हजार नाघेको छ ।
मंगलवार अबेरको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ४९० पुगेको हो । यस्तै मृतकको संख्या ८० हजार ९४५ पुगेको हो । हालसम्म झण्डै ३ लाख भने निको भएका छन् ।
अहिलेसम्म विभिन्न ४ देशमा अत्यधिक मानविय क्षति भएको छ । फ्रान्स, अमेरिका, इटाली र स्पेनमा १० हजार भन्दा बढी हरेक देशमा मानविय क्षति भएको छ ।
इटालीमा सर्वाधिक १७ हजार १२७ जनाको मृत्यु हुँदा स्पेनमा १३ हजार ९७ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा १२ हजार २३० जनाको मृत्यु हुँदा फ्रान्समा १० हजार ३२ जनाको मृत्यु भएको छ । मंगलबार अबेरसम्म कोरोनाबाट विश्वभर ८० हजार बढीको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया